साहुखल र घिमिरे राष्ट्रिय टिमका सहायक प्रशिक्षक
काठमाडौँ, १६ कात्तिक । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार बालगोपाल साहुखल र चेतनकुमार घिमिरेलाई नेपाली पुरुष राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षक नियुक्त गरेको छ ।
दुई दिनअघि एन्फाले अन्तरिम मुख्य प्रशिक्षकमा हरि खड्का नियुक्त हुनुभएको थियो । खड्का र सहायक प्रशिक्षकद्वय साहुखल र घिमिरेको टिमले एएफसी एसियन कप छनोटअन्तर्गत तेस्रो चरणका बाँकी दुई खेल सम्हाल्नेछ । नेपालले मलेसियासँग नोभेम्बर १८ मा खेल्दैछ । यसअघि, नोभेम्बर १३ मा नेपालले बढगलादेशसँग पनि मैत्री खेल खेल्दैछ ।