राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ फुटबलरहरुको साथमा

काठमाडौँ, २१ कात्तिक । खेल्न पाउनुपर्छ भन्दै नेपाल फुटबल खेलाडी संघको आह्वानमा बिहिवार अखिल नेपाल फुटबल संघ (एन्फा)को विरुद्ध भएको धर्ना प्रदर्शनमा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) को एकबद्धता जनाएको छ ।

अध्यक्ष दीपक श्रेष्ठले प्रेश विज्ञप्तिमा उल्लेख गरेका छन्– ‘फुटबल खेलाडीको रोजीरोटीसँग जोडिएको ए डिभिजन लिग पछिल्लो पटक सम्पन्न भएको झन्डै अढाई वर्ष भइसक्दा अर्को संस्करण सुरु हुन नसक्नु दुर्भाग्य हो । विगतमा हुने गरेका लिगलगायतका फुटबल प्रतियोगिता खेल्नका लागि क्लबमा आबद्ध हुँदा खेलाडीहरुको जीवन केही सहज भएको थियो । यति लामो समयदेखि यसरी ए डिभिजन लिग रोकिँदा एक सय भन्दा बढीले रोजगारीकै लागि देश बाहिरिनु परेको तथ्य हाम्रो सामू छ । कतिपय व्यवसायिक नभएका खेल खेलाडीले पनि धेरैले विदेशलाई आफ्नो गन्तव्य बनाएका छन् ।’

यसैगरी खेल्न पाउनु खेलाडीको अधिकार हो भने खेल आयोजना गर्नु सम्बन्धित संघको दायित्व हो। यसरी संघ दायित्वबाट च्युत हुँदा खेलाडीलगायत त्यो खेलसँग जोडिएकाहरु वेरोजगार भएका छन् पनि विज्ञप्तिमा भनिएको छ ।

एनएनआइपिएले खेल आयोजनाका लागि आफ्नै संघ विरुद्ध उत्रनु पर्ने अवस्था सिर्जना हुनु लज्जाको विषय हो । यसमा एन्फा नेतृत्वले गम्भीर भएर सोच्नु पर्ने र समस्या समाधानका लागि पहल गर्न अनुरो गर्दे खेलाडी संघ चाँडोभन्दा चाँडो समस्या समाधानका गर्दै फुटबल हुने वातावरण तयार पार्ने एन्फालाई आग्रह गरेको छ ।

एनएनआइपिएले फुटबल खेलाडीले आफ्नो हकका लागि चलाउने सबै खाले विरोधलगायतका कार्यक्रममा आप्mनो साथ रहने जानकारी पििन गराएको छ ।