आइतबार सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
काठमाडाैं, २३ कात्तिक । आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । यस दिन सुन प्रतितोला २०० रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला २ लाख ३८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
गत शुक्रबारको बजारमा छापावाल सुन प्रतितोला २ लाख ३८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । सुनको मूल्य निरन्तर तेस्रो दिन बढेको हो ।
त्यस्तै, यस दिन चाँदी तोलामा ५ रुपैयाँ घटेको छ । आज आइतबारको बजारमा चाँदी प्रतितोला ३ हजार १५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । गत शुक्रबारको बजारमा चाँदी प्रतितोला ३ हजार २० रुपैयाँमा कारोबार भएको थियो ।