नेपाली फुटबल टिमको विदाइ

काठमाडौँ, २४ कात्तिक । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार बङगलादेश र मलेसियासँग खेल्ने नेपाली फटबल टिमको विदाइ गरेको हो । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता, एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ, महासचिव किरण राईलगायतले शुभकामनासहित नेपाली टिमको बिदाइ गरे ।

राष्ट्रिय फुटबल टिमका प्रशिक्षक हरि खड्का बङगलादेश र मलेसियासँगको खेलमा नेपालले प्रतिष्ठाका लागि खेल्ने बताए । उनल भने, राम्रो नतिजा निकाल्ने प्रयास गर्नेछोँ । हामी एएफसी एसियन कपमा छनोट हुने होडबाट बाहिरिसकेका छौँ । तर देशको प्रतिष्ठाका लागि खेल्नेछौँ अस्ट्रेलियाली प्रशिक्षक म्याट रसले आफ्नो कार्यकाल सकिनु चार महिनाअघि नै प्रशिक्षक पदबाट राजीनामा दिएपछि एन्फाले खड्कालाई राष्ट्रिय टिम हेर्ने जिम्मेवारी दिएको हो ।

नेपालले नोभेम्बर १३ मा बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल्नेछ । त्सपछि नेपालले नोभेम्बर १८ मा मलेसियासँग उसको मैदानमा एएफसी एसियन कप छनोटको खेल्नेछ । नेपाल एसियन कपमा सुरुका चार खेल जितेर छनोट हुने होडबाट विदा भइसकेको छ ।

नेपालका कप्तान किरण लिम्बुले छोटो तयारी भएपनि दुवै खेलमा राम्रो नतिजा निकाल्नेछौँ, भने ।

 

नेपाली टिमः किरण लिम्बु (कप्तान), अभिषेक लिम्बु, आदित्य शाक्य, अनन्त तामाङ, अञ्जन विष्ट, एरिक विष्ट, आयुष घलान, विशाल सुनार, दीप कार्की, दिनेश हेन्जन, दिपेश गुरुङ, जिलेस्पीजंग कार्की, कुशल देउवा, लकेन लिम्बु, मणि लामा, मनिष डाँगी, रोहित चन्द, रोहन कार्की, सनिश श्रेष्ठ, सुवास बम, सुमित श्रेष्ठ, सुमन श्रेष्ठ र योगेश गुरुङ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *