फलेबास नगर अस्पताल निर्माण प्रारम्भ

काठमाडौँ, कार्तिक २६ । पर्वतको फलेवास नगरपालिकाले ‘एक पालिका एक आधारभूत अस्पताल’ योजनाअन्तर्गत १५ शय्याको अस्पताल निर्माण सुरु गरेको छ। यस अस्पतालको शिलान्यास ६ वर्षअघि भएको थियो ।

कुल ९ करोड २८ हजार रुपैयाँको लागतमा अस्पताल भवन धमाधम निर्माण भइरहेको छ । नगरप्रमुख गङ्गाधर तिवारीका अनुसार, अस्पताल परिसर ९ रोपनी क्षेत्रफलमा फैलिएको हुनेछ भने भवन साढे दुई तलाको हुनेछ । आगामी दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।