ब्लाइन्ड महिला विश्वकपमा दुई कीर्तिमानसहित नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौँ, ३० कात्तिक । नेपाल आइतबार दुई विश्वकीर्तिमानसहित तेस्रो दृष्टिविहिन महिला विश्वकप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । नेपालले अमेरिकालाई दस विकेटले हराएर अन्तिम चारमा स्थान बनाएको हो ।

भारतमा भइरहेको प्रतियोगिताअन्तर्गत नेपालविरुद्ध पहिले ब्याटिङ गरेको अमेरिका ९.४ ओभरमा १७ रनमा अलआउट भएको थियो । जुन किर्तिमान भएको छ । सन् २००६ मा पाकिस्तानले वेस्ट इन्डिजलाई २१ रनमा अलआउट गरेर राखेको विश्व–कीर्तिमान नेपालले भङग गरेको हो ।

नेपालले मात्र चार बलमा विना विकेट गुमाएर लक्ष्य हािसल गर्यो । जुन विश्वकपमा चाँडै रन पछ्याएको अर्को किर्तिमान बनेको छ । अमेरिकाको पालिमा दिलसार धमालले सर्वाधिक तीन विकेट लिइन् । उनले अविजित १२ रन पनि बनाइन् ।

नेपालको चार खेलमा यो तेस्रो जित हो ।