दुर्गा प्रसाईंले गर्याे व्यवस्था परिवर्तन नभएसम्म आन्दोलनकाे घोषणा, ७ मंसिरदेखि मेची-महाकाली ठप्प
काठमाडौं, १ मङ्सिर । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आगामी मंसिर ७ गतेदेखि अनिश्चितकालीन आन्दोलन घोषणा गरेका छन् ।
प्रसाईंले व्यवस्था परिवर्तन नभएसम्म महेन्द्र राजमार्गमै बसेर मेचीदेखि महाकाली ठप्प पार्ने घोषणा गर्दै मंसिर ७ गतेदेखि अनिश्चितकालीन आन्दोलन घोषणा गरेका हुन् ।
आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रसाईंले नेपाल प्रिमियर लिग (एनपीएल) का कारण आफ्नो आन्दोलन नरोकिने बताए। उनले एनपीएल घरमै बसेर हेर्न पनि सुझाव दिएका छन् ।
प्रसाईंले भने, ‘व्यवस्था परिवर्तन नभएसम्म छ्याप्पै महेन्द्र राजमार्गमा बस्ने हो। पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म दोकान–व्यवसाय बन्द हुन्छ। थपक्क घरमा बस्ने र क्रिकेट हेर्ने। बाटामा नआउने।’