एनपीएल सिजन-२: उद्घाटन खेलमा जनकपुर बोल्ट्सले पहिला ब्याटिङ गर्ने

काठमाडौँ, १ मङ्सिर । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उद्घाटन खेलमा जनकपुर बोल्ट्सले पहिला ब्याटिङ गर्ने भएको छ।

काठमाण्डु गोर्खाजले टस जितेर पहिले फिल्डिङ रोजेपछि डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सले ब्याटिङ गर्ने भएको हो।

टीयू क्रिकेट खेलमैदानमा फ्लडलाइट र प्यारापिटसहितको नवनिर्मित रंगशालामा केहीबेरमै खेल सुरु हुँदैछ।