दुर्गा प्रसाईं मध्यराति अपहरण शैलीमा पक्राउ, विरोधमा नागरिक बचाउ दलको संघर्ष घोषणा

काठमाडौं, २ मङ्सिर । दुर्गा प्रसाईं पक्राउ गरेको विरोधमा नागरिक बचाउ दलले आजैबाट संघर्षका कार्यक्रम सुरु गर्ने घोषणा गरेको छ।

प्रसाईंको गिरफ्तारीको विरोधमा आजैबाट प्रदर्शनमा उत्रिने सो पार्टीका नेताहरूले बताएका छन्। यस अघि प्रसाईंले मंसिर ७ गते प्रदर्शन गर्ने घोषणा गरिए पनि

नागरिक बचाउ दलका महामन्त्री प्रेमकुमार थाम्सुहाङका अनुसार नेता दुर्गा प्रसाईंलाई मध्यराति अपहरण शैलीमा पक्राउ गरेर सरकारले शान्ति भंग गरेको भन्दै मंसिर ७ गते नपर्खिकन आजैबाट हामी देशव्यापी आन्दोलनमा उत्रिने जनाएका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार राति भक्तपुरस्थित निवासबाट प्रसाईंलाई पक्राउ गरेको थियो।

यसअघि १५ चैतको हिंसात्मक आन्दोलनपछि पक्राउ परेका प्रसाईं अदालतको आदेशपछि छुटेका थिए।

राजावादी गतिविधिमा संलग्न प्रसाईं मंसिर ७ गतेदेखि आन्दोलनको तयारीमा थिए। तर, हिंसा भड्काउ अभिव्यक्ति दिएको आरोपमा उनलाई सोमबार मध्यरातमा पक्राउ गरिएको प्रहरी स्रोतले बतायो।त्यसको विरोधमा आज पहिलो चरणमा जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्र बुझाउने र देशव्यापी प्रदर्शन सुरु गर्ने महामन्त्री थाम्सुहाङले बताउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *