दुर्गा प्रसाईं म्याद थपका लागि सरकारी वकिलको कार्यालयमा, अभिव्यक्तिलाई लिएर अनुसन्धान हुने

काठमाडौँ, २ मङ्सिर । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ का संयोजक दुर्गा प्रसाईंलाई म्याद थपका लागि सरकारी वकिलको कार्यालय लगिएको छ।

राजावादी गतिविधिमा संलग्न प्रसाईं बैंकबाट लिएको ऋण मिनाहा गरिदिनुपर्नेलगायतका माग राख्दै आन्दोलनको तयारीमा रहेका बेला सोमबार राति पक्राउ परेका थिए।

प्रसाईंले मंसिर ७ गतेदेखि आन्दोलनको तयारी गरिरहेका थिए। यसका लागि उनले ‘राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाअभियान’ को ब्यानरमा विभिन्न राजनीतिक गतिविधि गर्दै आएका छन्।

प्रहरीले उनलाई यही अभिव्यक्तिलाई लिएर अनुसन्धान अगाडि बढाउने तयारी गरेको बुझिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *