प्रसाईंलाई चार दिन हिरासतमा राख्न अदालतकाे अनुमति

काठमाडौँ, २ मङ्सिर । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔँ महाअभियान संयोजक दुर्गा प्रसाईंलाई चार दिन हिरासतमा राख्न अनुमति प्राप्त भएको छ।

सोमबार मध्यरातमा निवासबाटै पक्राउ परेका प्रसाईंलाई काठमाडौँ प्रहरी परिसरले मंगलबार जिल्ला अदालत काठमाडौँमा उपस्थित गराएका थियो।

अदालतले सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धानका लागि चार दिन हिरासतमा राख्न अनुमति दिएको हो। प्रसाईंले ७ मंसिरदेखि देशभर आन्दोलनको घोषणा गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *