सुनको मूल्यमा एकैदिन बढ्याे तोलामा २,२००, कतिमा काराेबार भयाे ?
काठमाडौँ, २८ मङ्सिर । नेपाली बजारमा सुनको मूल्यमा निरन्तर वृद्धि देखिएको छ। गत शुक्रबारको तुलनामा आज (आइतबार) सुनको मूल्य प्रतितोला रु दुई हजार २०० ले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आज एक तोला सुनको मूल्य रु दुई लाख ५८ हजार ८०० कायम भएको छ। यस्तै, एक तोला चाँदीको मोल रु तीन हजार ८२५ निर्धारण गरिएको छ।
गत शुक्रबार सुनको मूल्य प्रतितोला रु दुई लाख ५६ हजार ६०० निर्धारण भएको थियो भने एक तोला चाँदी रु तीन हजार ९०५ मा कारोबार भएको थियो। चाँदीको मूल्यमा भने आज सामान्य गिरावट देखिएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार, आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार २९९ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ भने सोही परिमाणको चाँदी ६२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।