आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटका लागि दोस्रो चरणमा टिम चयन

काठमाडौँ, पुस २ गते । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको तयारीका लागि भइरहेको नेपाली टोलीको बन्द प्रशिक्षणबाट दोस्रो चरणमा २० खेलाडी चयन भएका छन् । प्रारम्भिक चरणमा रहेका किरण कुँवर, अलिसा यादव, सिमाना केसी, अनु कडायत, अस्मिना कर्माचार्य र ममता चौधरीलाई हटाइएको छ ।

दोस्रो चरणको बन्द प्रशिक्षणमा इन्दु बर्मा, राजमती ऐरि, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु बिस्ट, रचना कुमारी चौधरी, रुवी पोदार, पूजा महतो, कविता कुँवर, रुविना छेत्री, सना प्रवीण, ईश्वरी बिस्ट, रोमा थापा, सोनी पाख्रिन, विन्दु रावल, लक्ष्मी सावद, मनीषा उपाध्याय, सिता राना मगर र काजोल श्रेष्ठ छन् ।

नेपालले एक दिनअघि मात्र भारतका हर्षल जयन्त पाठकलाई प्रमख प्रशिक्षकमा नियुक्त गरेको थियो । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट सन् २०२६ को जनवरी १२ देखि फेब्रुअरी १ सम्म नेपालमा हुँदैछ ।