फुटबलमा म्याच फिक्सिङ, एन्फाका कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ
काठमाडौँ । फुटबल खेलमा प्रतिस्पर्धीसँग मिलेमतो (म्याच फिक्सिङ) गर्ने दुई जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको छ।
राष्ट्रिय खेलकुद परिषद्को पत्र तथा वसन्त रिजालको जाहेरीबमोजिम अनुसन्धानका क्रममा उनीहरू पक्राउ परेको सीआईबीले जनाएको छ।
पक्राउ पर्नेमा ललितपुर महानगरपालिका, वडा ३ पुल्चोक घर भई अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का कोषाध्यक्ष पदमा कार्यरत ६० वर्षीय रविन्द्र जोशी र ललितपुर महानगरपालिका–५ लगनखेल, थसीखेल घर भएका एन्फाका लेखा अधिकृत ५५ वर्षीय सञ्जीव पाण्डे रहेका छन्।
उनीहरूमाथि थप अनुसन्धान गर्न प्रहरी परिसर ललितपुरबाट चार दिनको म्याद थप भएको छ।
