कबड्डीमा नेपाल पाकिस्तानसँग पराजित

काठमाडौँ, ६ असोज । जापानमा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष कबड्डीको समूह चरणमा नेपाल पाकिस्तानसँग पराजित भएको छ । योसँगै प्रतियोगितामा नेपालको लगातार दोस्रो हार भएको हो ।

जापानको टोकाइ सिटिजन जिम्नेसियममा मंगलबार भएको समूह ‘बी’को खेलमा नेपाल पाकिस्तानसँग ५८–४३ अङ्कले पराजित भयो ।

खेलको पहिलो हाफमा नेपाल १७–३० अङ्कले पछि परेको थियो । दोस्रो हाफमा पनि नेपालले पाकिस्तानमाथि दबाब बनाउन सकेन र २६–२८ अङ्कले पछि रह्यो । दुई हाफमा नेपालले कुल ४३ अङ्क जोड्दा पाकिस्तानले ५८ अङ्क बनाउँदै १५ अङ्कको अन्तरले खेल आफ्नो पक्षमा पार्‍यो ।

यसअघि सोमबार भएको समूह चरणको पहिलो खेलमा नेपाल थाइल्यान्डसँग ५९–४८ अङ्कले पराजित भएको थियो ।

नेपालले समूह चरणको अर्को खेल मंगलबार नै इरानसँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *