सुनको मूल्यमा ‘ब्रेक थ्रु’: एकैदिन ५५ सयले बढ्यो, कति पुग्यो त आज ?
काठमाडौँ, ८ पुस । स्थानीय बजारमा मंगलबार सुनको मूल्यमा अहिलेसम्मकै ठूलो वृद्धि देखिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५ हजार ५०० रुपैयाँले बढेको हो ।
आज छापावाल सुन प्रतितोला २ लाख ६७ हजार २०० रुपैयाँ पुगेको छ । हिजो (सोमबार) यसको मूल्य २ लाख ६१ हजार ७०० रुपैयाँ थियो ।
यस्तै, चाँदी पनि तोलामा २० रुपैयाँले बढेर ४ हजार २५५ रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै नेपाली बजारमा पनि यसको प्रत्यक्ष असर देखिएको हो ।