सुनको मूल्यमा एकैदिन ७ हजार ९०० रुपैयाँको भारी गिरावट, चाँदी पनि सस्तियो

काठमाडौँ, १५ पुस । नेपाली बजारमा सुनको मूल्यमा एकैदिन उच्च गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ७ हजार ९०० रुपैयाँले घटेर नयाँ मूल्य कायम भएको हो।

महासंघले निर्धारण गरेको नयाँ दररेटअनुसार सोमबार सुनको मूल्य प्रतितोला २ लाख ६२ हजार १०० रुपैयाँ कायम भएको छ। यसअघि आइतबार सुन प्रतितोला २ लाख ७० हजार रुपैयाँमा कारोबार भएको थियो।

पछिल्लो समयकै यो गिरावटलाई नेपाली सुन बजारमा निकै ठूलो उतारचढावका रूपमा हेरिएको छ।
सुनसँगै चाँदीको मूल्यमा पनि उल्लेख्य गिरावट आएको छ। सोमबार चाँदीको मूल्य प्रतितोला ३०५ रुपैयाँले घटेर ४ हजार ५९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। आइतबार चाँदी प्रतितोला ४ हजार ८९५ रुपैयाँमा खरिद–बिक्री भएको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *