कांग्रेस विशेष महाधिवेशन: ४ हजार ६३८ मतदाता कायम, निर्वाचन समितिद्वारा मनोनयन आह्वान

काठमाडौँ, २९ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनले नयाँ नेतृत्व चयनका लागि औपचारिक प्रक्रिया सुरु गरेको छ। निर्वाचन समितिले मंगलबार निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै उम्मेदवारी मनोनयनका लागि आह्वान गरेको हो।

निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीका अनुसार महाधिवेशनका लागि कुल ४ हजार ६३८ मतदाता कायम गरिएको छ। कांग्रेसका कुल ४ हजार ७४३ महाधिवेशन प्रतिनिधिमध्ये ६१ जनाले पार्टी परित्याग गरेको र ४४ जनाको मृत्यु भएकाले बाँकी रहेका प्रतिनिधिलाई समेटेर मतदाता नामावली सार्वजनिक गरिएको हो।

विशेष महाधिवेशन मूल आयोजक समितिका संयोजक मनोजमणि आचार्यले बन्दसत्र, राजनीतिक संवाद र निर्वाचन प्रक्रिया एकसाथ अगाडि बढिरहेको जानकारी दिए। “हामी संस्थापन पक्षसँग वार्तामा पनि छौँ, तर सहमति नभए निर्वाचनमार्फत नयाँ कार्यसमिति चयन हुनेछ,” आचार्यले भने।

समितिले सभापति पदमा उम्मेदवारी दिनका लागि ३० हजार रुपैयाँ शुल्क निर्धारण गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *