सुनको मूल्यमा राेकिएन ऐतिहासिक कीर्तिमान : तोलाको ३ लाख ९ हजार ३०० पुग्यो
काठमाडौं, १३ माघ । स्थानीय बजारमा सुन र चाँदीको मूल्यले आज (मंगलबार) पनि ऐतिहासिक कीर्तिमान कायम गरेको छ। सुनको मूल्यले ३ लाखको आँकडा पार गर्दै अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार ३०० रुपैयाँ पुगेको छ।
सुनसँगै चाँदीको मूल्यमा पनि उच्च वृद्धि भएको छ। महासङ्घले आजका लागि चाँदीको मूल्य प्रतितोला ६ हजार ८७० रुपैयाँ निर्धारण गरेको छ।
अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा भएको भारी वृद्धिको प्रत्यक्ष प्रभाव नेपाली बजारमा देखिएको हो। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज विश्व बजारमा एक औँस सुनको मूल्य ५ हजार ७३ अमेरिकी डलर पुगेको छ भने चाँदी प्रतिऔँस १०९ डलरमा कारोबार भइरहेको छ।