सुनको भाउमा पहिरो: तीन दिनमै घट्याे ५२ हजार ७०० रुपैयाँ

काठमाडौं, १९ माघ। नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ। लगातार ओरालो लागिरहेको सुनको भाउ पछिल्लो तीन दिनमा मात्रै प्रतितोला ५२ हजार ७०० रुपैयाँले सस्तिएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारदेखि घट्न थालेको सुनको मूल्यले सोमबार पनि निरन्तरता पाएको छ। महासंघका अनुसार शुक्रबार २० हजार ५००, आइतबार १८ हजार ८०० र आज (सोमबार) १३ हजार ४०० रुपैयाँ गरी तीन दिनको अन्तरालमा सुनको भाउ तोलामा ५२ हजार ७०० रुपैयाँले घटेको छ।

आइतबार प्रतितोला ३ लाख रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज (सोमबार) घटेर २ लाख ८६ हजार ६०० रुपैयाँ कायम भएको छ।

यसैगरी, आज चाँदीको मूल्यमा पनि उच्च गिरावट देखिएको छ। अघिल्लो दिन प्रतितोला ५ हजार ५०० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार घटेर ५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *