देश विकासको नेतृत्व ओलीले मात्रै गर्न सक्छन्” : बालुबथानबासी

दमक, २७ माघ । झापाको गौरादहस्थित बालुबथानका स्थानीय बासिन्दाले मुलुकको समृद्धिको नेतृत्व गर्ने सामर्थ्य नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमा मात्रै रहेको बताएका छन्।

निर्वाचन लक्षित भेटघाटका क्रममा आफ्नो निर्वाचन क्षेत्र पुग्नुभएका ओलीलाई स्वागत गर्दै स्थानीयले देश निर्माणको जिम्मा पुनः ओलीलाई नै दिनुपर्ने धारणा राखेका हुन्।

विगत तीन दशकभन्दा लामो समयदेखि यस क्षेत्रको विकासमा ओलीले पुर्‍याएको योगदानको कदर गर्दै स्थानीयले उहाँलाई फेरि पनि निर्वाचित गराउन आफूहरू आतुर रहेको बताए। स्थानीय बासिन्दाका अनुसार हिजोका दिनमा बाटो, बिजुली र खानेपानी जस्ता आधारभूत सुविधाबाट वञ्चित बालुबथान अहिले ओलीकै पहलमा सुविधायुक्त बनेको छ।

“विगतमा उहाँले गरेका कामले नै यो प्रष्ट भइसकेको छ कि देश बनाउने भिजन ओलीबाहेक अरूसँग छैन,” एक स्थानीयले भने, “त्यसैले हामी यस पटक पनि उहाँलाई नै जिताएर पठाउन तयार छौँ।”

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नं. ५ बाट उम्मेदवार रहनुभएका अध्यक्ष ओली विगत केही दिनदेखि मतदाताहरूसँगको घरदैलो र भेटघाट कार्यक्रममा सक्रिय हुनुहुन्छ। भेटघाटका क्रममा उहाँले स्थानीयका समस्या सुन्नुका साथै आगामी विकासका योजनाका बारेमा जानकारी गराउनुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *