सुनसरी–१ अपडेट: रास्वपालाई उछिन्दै हर्कराज राईको अग्रता
सुनसरी, २३ फागुन । सुनसरी क्षेत्र नं. १ मा जारी मतगणनामा रोचक प्रतिस्पर्धा देखिएको छ । सुरुवाती चरणमा अग्रता लिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारलाई पछि पार्दै श्रम संस्कृति पार्टीका हर्कराज राईले अग्रता लिनुभएको छ ।
निर्वाचन अधिकृत दिव्यराज घिमिरेले दिएको पछिल्लो जानकारीअनुसार श्रम संस्कृति पार्टीका उम्मेदवार राई ३ हजार ३२५ मतका साथ पहिलो स्थानमा उक्लिनुभएको हो । उहाँलाई रास्वपाका उम्मेदवार तामाङले ३ हजार ९८ मतका साथ पछ्याइरहनुभएको छ । राई र तामाङबीच अहिले २२७ मतान्तर रहेको छ ।
यस निर्वाचन क्षेत्रमा कूल १ लाख ५० हजार ३९३ मतदाता रहेकोमा निर्वाचनमा ८७ हजार ८६५ मत खसेको थियो । अहिले मतगणना कार्य निरन्तर जारी छ ।