पाँचथर मतगणना : श्रम संस्कृति पार्टीका हस्तराज शेर्माको अग्रता कायमै

काठमाडौँ, फागुन २३ । पाँचथर जिल्लामा जारी प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा श्रम संस्कृति पार्टीका उम्मेदवार हस्तराज शेर्माले आफ्नो सुरुवाती अग्रतालाई निरन्तरता दिनुभएको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको पछिल्लो जानकारी अनुसार मिक्लाजुङ गाउँपालिकाका सबै ८ वटा वडाको मतगणना सम्पन्न हुँदा शेर्माले २ हजार ८९५ मत प्राप्त गर्नुभएको छ। उहाँलाई नेपाल कम्युनिष्ट पार्टीका हर्कबहादुर नेम्बाङले १ हजार ८२४ मतका साथ पछ्याइरहनुभएको छ।

त्यसैगरी, नेकपा (एमाले) का उम्मेदवार अइन्द्रसुन्दर नेम्बाङले १ हजार ६०४ मत र नेपाली कांग्रेसका नरेन्द्रकुमार केरुङले १ हजार २३० मत प्राप्त गर्नुभएको छ।

अन्य उम्मेदवारहरूको मतपरिणाम 

  • राष्ट्रिय परिवर्तन पार्टी (टेकबहादुर सुब्बा): ३६४ मत

  • राष्ट्रिय स्वतन्त्र पार्टी (महेन्द्रविक्रम थाम्सुहाङ): ३११ मत

  • राष्ट्रिय प्रजातन्त्र पार्टी (तेजकुमार कुरुम्बाङ): ११७ मत

  • नेपाल जनमुक्ति पार्टी (नरेन्द्रकुमार कुरुम्बाङ): ३२ मत

  • राष्ट्रिय मुक्ति पार्टी (मित्र लिङ्देन): ३१ मत

  • संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (भानुभक्त फियाक): १९ मत

  • प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रकाश काफ्ले): १६ मत

  • नेकपा (माओवादी) (विजय नेम्बाङ): ७ मत

  • जसपा नेपाल (मचिन्द्रप्रसाद बेघा): ५ मत

  • नेपाल मजदुर किसान पार्टी (लछुमान तामाङ): ४ मत

  • मंगोल नेशनल अर्गनाइजेसन (रामकुमार तुम्रोक): १० मत

मुख्य निर्वाचन अधिकृत कुमार मास्केका अनुसार जिल्लामा कूल ७१ हजार ११० मत खसेको थियो। मिक्लाजुङ गाउँपालिकाको गणना सकिएसँगै अहिले तुम्बेवा गाउँपालिकाको मतगणना कार्य सुरु भएको निर्वाचन कार्यालयले जनाएको छ।