इलाम-१ मा कडा प्रतिस्पर्धा : कांग्रेसका निश्लक राई र श्रम संस्कृति पार्टी बिच तीव्र टक्कर
इलाम, फागुन २५ । इलाम क्षेत्र नं. १ मा जारी मतगणनाको पछिल्लो परिणामअनुसार नेपाली कांग्रेस र श्रम संस्कृति पार्टीका उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ । प्राप्त विवरणअनुसार नेपाली कांग्रेसका उम्मेदवार निश्लक राईले १० हजार ८४९ मत प्राप्त गरी अग्रता कायम गर्नुभएको छ । उहाँलाई श्रम संस्कृति पार्टीका उम्मेदवार (लिम्बू) ले १० हजार ६५१ मतका साथ पछ्याइरहनुभएको छ । हाल कांग्रेसका राई आफ्ना निकटतम प्रतिस्पर्धीभन्दा १९८ मतले अगाडि हुनुहुन्छ ।
त्यस्तै, नेकपा (एमाले) का उम्मेदवार काजीमान कागते ९ हजार ९९८ मतका साथ तेस्रो स्थानमा रहनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विमल गदालले ६ हजार ७५८ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।