मध्यपूर्वमा तनावः १४ देश छाड्न आफ्ना नागरिकलाई अमेरिकाको निर्देशन

काठमाडौं, १ चैत्र । मध्यपूर्वमा इरान र अमेरिकाका सहयोगी राष्ट्रहरूबीच तनाव चुलिँदै गएपछि अमेरिकाले त्यस क्षेत्रका १४ वटा देशमा रहेका आफ्ना नागरिकलाई तत्काल सुरक्षित स्थानतर्फ बाहिरिन (देश छाड्न) निर्देशन दिएको छ।

इराकको राजधानी बगदादस्थित अमेरिकी दूतावासमाथि मिसाइल आक्रमण भएलगत्तै शनिबार अमेरिकाले विशेष सूचना जारी गर्दै आफ्ना नागरिकलाई तत्काल इराक छाड्न भनेको थियो। इराकबाट सुरु भएको उक्त चेतावनीलाई विस्तार गर्दै अमेरिकाले मध्यपूर्वका अन्य १४ देशमा रहेका आफ्ना नागरिकलाई पनि सो क्षेत्रबाट बाहिरिन अपिल गरेको हो।

इरान समर्थित सशस्त्र मिलिसिया समूहहरूले सो क्षेत्रमा रहेका अमेरिकी नागरिक र संरचनाहरूलाई लक्षित गर्दै हमला गर्न सक्ने उच्च जोखिम रहेको भन्दै वासिङ्टनले आफ्ना नागरिकको सुरक्षाका लागि यो कदम चालेको हो।

पछिल्लो समय मध्यपूर्वमा इरानले आफ्ना आक्रमणहरूलाई तीव्र बनाएपछि क्षेत्रीय युद्धको त्रास थप बढेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *