प्रधानमन्त्री वालेन्द्र शाह सरकारी निवास बालुवाटार प्रवेश

काठमाडौँ,  चैत १३ । नवनियुक्त प्रधानमन्त्री वालेन्द्र शाह आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगत्तै उहाँ बालुवाटार प्रवेश गर्नुभएको हो ।

प्रधानमन्त्री शाहले आजै अपराह्न वैदिक परम्पराअनुसार धार्मिक विधिपूर्वक पूजापाठ गरी सरकारी निवासमा गृह प्रवेश गर्नुभएको हो । सो अवसरमा उहाँलाई बालुवाटारमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।

यसअघि राष्ट्रपति पौडेलले नेपालको संविधानबमोजिम शाहलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको थियो । शपथ ग्रहण र पदभार ग्रहणसँगै प्रधानमन्त्री शाहले मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारी औपचारिक रूपमा सम्हाल्नुभएको छ ।