एमाले अध्यक्ष ओली पक्राउ विरुद्ध एमालले सडक, सदन र अदालत तीनवटै मोर्चाबाट प्रतिकार गर्ने

काठमाडौँ, चैत १४ । एमाले सचिव महेश बस्नेतले कार्की आयोगको प्रतिवेदनलाई ‘पूर्वा पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि एमालेले सरकारको यस कदमको कडा प्रतिवाद गर्ने निर्णय गरेको छ। पार्टीले यसलाई राजनीतिक प्रतिशोध र लोकतान्त्रिक मूल्यमान्यता विपरीतको ज्यादती भन्दै सडक, सदन र कानुनी तीनवटै मोर्चाबाट सशक्त सङ्घर्ष गर्ने घोषणा गरेको हो ।

एमाले सचिव महेश बस्नेतले कार्की आयोगको प्रतिवेदनलाई ‘पूर्वाग्रही र अधुरो’ संज्ञा दिँदै सरकारले मन्त्रिपरिषद्मार्फत मुद्दा चलाउने निर्णय गर्नु राजनीतिक प्रतिशोध भएको आरोप लगाउनुभयो। शनिबार बिहान ४ बजे अध्यक्ष ओलीलाई पक्राउ गर्न हजारौँको सङ्ख्यामा प्रहरी परिचालन गरिएको र काठमाडौँका नाकाहरू सिल गरिएको घटनालाई पार्टीले सरकारी आतङ्कको रूपमा व्याख्या गरेको छ।

अध्यक्ष ओलीको पक्राउ पछिको परिस्थितिबारे जानकारी दिँदै सचिव बस्नेतले भन्नुभयो, “सरकारले निकै योजनाबद्ध र प्रतिशोधपूर्ण ढङ्गले यो कदम चालेको छ। हामी यसलाई टुलुटुलु हेरेर बस्दैनौँ। अब एमाले सडक प्रदर्शन, सदनमा सशक्त आवाज र अदालतमा कानुनी लडाइँ— यी तीनवटै मोर्चाबाट एकसाथ अघि बढ्छ।”

पार्टी अध्यक्षलाई नियन्त्रणमा लिए लगत्तै एमालेले ललितपुरको च्यासलस्थित मुख्यालयमा आकस्मिक सचिवालय बैठक बोलाएको छ। उक्त बैठकले देशव्यापी आन्दोलनका औपचारिक कार्यक्रमहरू तय गर्ने र सरकारको कदमविरुद्ध भावी रणनीति सार्वजनिक गर्ने तयारी गरेको छ।

अध्यक्ष ओलीको पक्राउ पछि एमालेका कार्यकर्ताहरूले देशभरका विभिन्न स्थानमा स्वतःस्फूर्त प्रदर्शन सुरु गरिसकेका छन्। पार्टीले अबको आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिएको छ ।