ओली प्रक्राउपछि एमालेको आकस्मिक सचिवालय बैठकः यस्ता छन् चार निर्णय
काठमाडौं, १४ चैत । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरेपछि एमालेको सचिवालय बैठक एमाले मुख्यालयमा बसेको छ । बैठकले अध्यक्ष ओली र कांग्रेस नेता रमेश लेखकको गिरफ्तारीलाई गैरकानुनी भनेको छ भने कानुनी र राजनीतिक प्रतिवाद गर्ने निर्णय गरेको छ। बैठकबारे जानकारी दिदैँ महासचिव शंकर पोखरेलले गिरफ्तारी प्रतिशोधपूर्ण र पूर्वाग्रह भएको बताउनुभयो ।
बैठकले गरेका निर्णय यस्ता छन् ।
१) आम जनसमुदाय, नागरिक समाजको दृढताको साथ कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिवाद गर्ने।
२) प्रत्येक जिल्लाको सदरमुकाममा आज अपराह्न ३ बजे जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गर्ने ।
३) प्रत्येक जिल्लामा भोलि चैत्र १५ गते १२ बजे जिल्ला पार्टी कमिटीको आयोजनामा व्यापक प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीको कार्यालयमा विरोधपत्र बुझाउने ।
४) लोकतन्त्र र कानुनी राज्यका पक्षधर सबै दलहरूसँग सम्वाद र सहकार्य गर्ने । नागरिक समाज र आम जनसमुदायसँग सहकार्य गर्ने ।