वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने एक जना पक्राउ
काठमाडौँ, १७ चैत । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टका अनुसार, ललितपुरको गोदावरी नगरपालिका–१९ बस्ने ३८ वर्षीय रिजेन नगरकोटीलाई पक्राउ गरिएको हो । उनले न्युजिल्यान्ड पठाइदिने बहानामा रु १६ लाख ३० हजार ठगी गरेको अभियोग छ ।
पक्राउ परेका आरोपित नगरकोटीलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि आज वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ ।