सुनचाँदीको मूल्यमा सामान्य घट्यो, कतिमा भयाे काराबार ?
काठमाडौं, ९ बैशाख । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, अघिल्लो कारोबार दिनको तुलनामा आज सुन प्रतितोला ८०० रुपैयाँ र चाँदी ३० रुपैयाँले घटेको हो ।
महासङ्घले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ५०० रुपैयाँ तोकेको छ । अघिल्लो कारोबार दिन छापावाल सुन प्रतितोला ३ लाख १ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आज चाँदीको मूल्य पनि ओरालो लागेको छ । चाँदी तोलामा ३० रुपैयाँले घटेर प्रतितोला ५ हजार १३० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी प्रतितोला ५ हजार १६० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
नेपाली बजारमा सुनचाँदीको मूल्य अन्तर्राष्ट्रिय बजारमा हुने कारोबार र डलरको विनिमय दरका आधारमा निर्धारण हुने गर्छ ।