सुनचाँदीको मूल्य आज पनि घट्यो, कति पुग्याे ताेलाकाे ?

काठमाडौँ, १० वैशाख । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ । सुन प्रतितोला रु एक हजार ८०० र चाँदी रु ११० ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ९८ हजार ७०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु पाँच हजार २० कायम भएको छ ।

हिजो बुधबार छापावाल सुनको मूल्य प्रतितोला रु तीन लाख पाँच हजार र त्यति नै परिमाणको चाँदीे रु पाँच हजार १३० मा कारोबार भएको थियो ।

गत मङ्गलबार छापावाल सुनको मूल्य प्रतितोला रु तीन लाख एक हजार ३०० र त्यति नै परिमाणको चाँदी रु पाँच हजार १६० मा किनबेच भएको थियो ।