काठमाडौँ उपत्यकामा ट्राफिक कारबाही तीव्र : एकैदिन झन्डै २० लाख राजस्व सङ्कलन
काठमाडौँ, वैशाख १८ । काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने विरुद्धको कारबाहीलाई प्रहरीले तीव्रता दिएको छ । पछिल्लो २४ घण्टाको अवधिमा ट्राफिक नियम मिच्ने २ हजार ९३ जना सवारी चालकलाई कारबाही गरिएको छ । यस कारबाहीबाट राज्यकोषमा कुल १९ लाख ९९ हजार ५०२ रुपैयाँ राजस्व सङ्कलन भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार विभिन्न विधामा कारबाही गरिएको छ ।
मादक पदार्थ सेवन (मापसे) : ६५ जना
नियमविपरीत राइड सेयरिङ : २२५ जना
ट्राफिक सङ्केत (बत्ती) उल्लङ्घन : १३७ जना
तीव्र गति : १५३ जना
लेन अनुशासन पालना नगर्ने : १९४ जना
निषेधित क्षेत्रमा हर्न बजाउने : ५८ जना
सडक पेटी (फुटपाथ) मा पार्किङ : १०९ जना
निर्धारित स्थान बाहिर यात्री चढाउने/ओराल्ने : ४१ जना
अन्य विविध नियम उल्लङ्घन : १ हजार १२१ जना
उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन र सडक दुर्घटना न्यूनीकरण गर्न प्रहरीले नियमित रूपमा चेकजाँच र कारबाही प्रक्रियालाई अघि बढाउँदै आएको छ । ट्राफिक कार्यालयले सवारी चालकहरूलाई सडक अनुशासन पालना गर्न समेत पुनः आग्रह गरेको छ ।