सुनको मूल्यमा उच्च वृद्धिः एकैदिन तोलामा ५,८०० रुपैयाँ बढ्यो
काठमाडौँ, २३ वैशाख । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा उच्च वृद्धि भएको छ। अघिल्लो दिनको तुलनामा सुनको भाउ एकैदिन तोलामा ५ हजार ८०० रुपैयाँ र चाँदी तोलामा १७५ रुपैयाँले उकालो लागेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आजका लागि छापावाल सुनको कारोबार मूल्य प्रतितोला २ लाख ९६ हजार ८०० रुपैयाँ कायम गरिएको छ। अघिल्लो दिन मङ्गलबार सुन प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो।
सुनसँगै आज चाँदीको मूल्य पनि ह्वात्तै बढेको छ। महासङ्घका अनुसार आज चाँदीको मूल्य प्रतितोला ५ हजार ५५ रुपैयाँ तोकिएको छ। मङ्गलबार चाँदी प्रतितोला ४ हजार ८८० रुपैयाँमा कारोबार भएको थियो।
स्थानीय बजारमा मात्र नभई अन्तर्राष्ट्रिय बजारमा पनि सुनचाँदीको मूल्य उच्च बिन्दुमा पुगेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार, आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ४ हजार ६३० अमेरिकी डलर र चाँदी प्रतिऔँस ७४ डलरमा कारोबार भइरहेको छ।