गुरुङ गृह, पुन विज्ञान प्रविधि मन्त्रीमा नियुक्त

काठमाडौं, २६ जेठ । सुधन गुरुङ गृहमन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी पुनः मन्त्री पदमा फर्किनु भएको छ । त्यसैगरी महावीर पुनले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीको जिम्मेवारी पाउनु भएको छ । प्रधानमन्त्री बालेन शाहले आज मन्त्रिपरिषद् विस्तार गर्दै उहाँहरुलाई जिम्मेवारी दिनुभएको हो । आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष गृहमा गुरुङ र विज्ञान, प्रविधिमा महावीर पुनले शपथ लिनुभएको हो ।

शपथ ग्रहण समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, मन्त्रीहरू र सांसदहरू पनि उपस्थित थियो । सम्पत्ति विवरणको विषयमा विवाद भएपछि राजीनामा दिनुभएका गुरुङलाई सरकारले गठन गरेको छानबिन समितिले क्लिनचिट दिएपछि गृहमै दोहोरिने बाटो खुलेको हो ।