सुनको मूल्य तोलामै ५ हजारले बढ्याे, चाँदी पनि महङ्गियाे

काठमाडौँ, २९ जेठ । नेपाली बजारमा सुन र चाँदीको मूल्यमा फेरि वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला ५ हजार ३०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १९० रुपैयाँले बढेको हो।

महासङ्घले निर्धारण गरेको नयाँ मूल्यसूची अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ। हिजो सुन प्रतितोला २ लाख ८६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी, चाँदीको मूल्य पनि आज बढेर प्रतितोला ४ हजार ८४० रुपैयाँ कायम भएको छ। हिजो चाँदी प्रतितोला ४ हजार ६५० रुपैयाँमा खरिदबिक्री भएको महासङ्घले जनाएको छ।