सुन र चाँदी दुवैको मूल्यमा गिरावट : नेपाली बजारमा कतिमा भयाे काराेबार ?
काठमाडौँ, ९ असार । मङ्गलबार सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला १ हजार ६०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १४० रुपैयाँले घटेको हो।
महासङ्घले सार्वजनिक गरेको नयाँ मूल्यसूची अनुसार मङ्गलबार छापावाल सुन प्रतितोला २ लाख ८७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सोमबार सुन प्रतितोला २ लाख ८८ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो।
यसैगरी, मङ्गलबार चाँदीको मूल्य पनि तोलामा १४० रुपैयाँले घटेर प्रतितोला ४ हजार ५९० रुपैयाँ कायम भएको छ। सोमबार चाँदी प्रतितोला ४ हजार ७३० रुपैयाँमा कारोबार भएको थियो।