एमाले सचिवालय बैठक गुण्डुमा
काठमाडौं, ९ असार । नेकपा (एमाले) को सचिवालय बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसिरहेको छ । पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरणको मुद्दामा सुर्खेतबाट पक्राउ गरिएपछि सचिवालय बैठक बसेको हो।
बैठकमा पार्टी उपाध्यक्ष पौडेलको पक्राउ लगायत समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको बैठकमा सहभागी एक नेताले जानकारी दिए । यसअघि आजै च्यासलमा बसेको संसदीय दलको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष पौडेलको गिरफ्तारी प्रतिशोध भएको बताउनु भएको थियो ।