एकैदिन सुन मूल्य तोलामा ३ हजार ६०० र चाँदी १०५ रुपैयाँले घट्यो
काठमाडौँ, १० असार । नेपाली बजारमा सुन र चाँदीको मूल्यमा गिरावट आउने क्रम आज बुधबार पनि जारी रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार ६०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १०५ रुपैयाँले ओरालो लागेको हो।
महासङ्घले निर्धारण गरेको नयाँ मूल्यसूची अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो मङ्गलबार सुन प्रतितोला २ लाख ८७ हजार १०० रुपैयाँमा खरिदबिक्री भएको थियो भने गत सोमबार सुनको भाउ प्रतितोला २ लाख ८८ हजार ७०० रुपैयाँ रहेको थियो।
यसैगरी, चाँदीको मूल्य पनि आज घटेर प्रतितोला ४ हजार ४८५ रुपैयाँ कायम भएको छ। हिजो मङ्गलबार चाँदी प्रतितोला ४ हजार ५९० रुपैयाँमा कारोबार भएको थियो भने गत सोमबार चाँदीको मूल्य प्रतितोला ४ हजार ७३० रुपैयाँ निर्धारण गरिएको थियो।