सुन र चाँदी दुबैकाे मूल्य घट्याे, आज कतिमा भयाे काराेबार ?

काठमाडौँ, १५ असार । नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ४०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको हो।

महासङ्घले निर्धारण गरेको नयाँ मूल्यसूची अनुसार सोमबार छापावाल सुन प्रतितोला २ लाख ८२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि आइतबार सुन प्रतितोला २ लाख ८३ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

यसैगरी, सोमबार चाँदीको मूल्य पनि घटेर प्रतितोला ४ हजार ३१० रुपैयाँ कायम भएको छ। आइतबार चाँदी प्रतितोला ४ हजार ३२५ रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ।