सुनको मूल्य एकै दिन ताेलामा ७ हजारले वृद्धि, चाँदी पनि बढ्यो
काठमाडौँ, १९ असार । नेपाली बजारमा सुन र चाँदीको मूल्यमा शुक्रबार भारी वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको तुलनामा सुनको मूल्य प्रतितोला ७ हजार २०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १६५ रुपैयाँले बढेको हो।
महासङ्घले निर्धारण गरेको नयाँ मूल्यसूची अनुसार शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ९० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो बिहीबार सुन प्रतितोला २ लाख ३८ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो।
यसैगरी, चाँदीको मूल्य पनि आज बढेर प्रतितोला ४ हजार ६१५ रुपैयाँ कायम भएको छ। हिजो बिहीबार चाँदी प्रतितोला ४ हजार ४५० रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस ४ हजार १७९ अमेरिकी डलर र चाँदी प्रतिऔँस ६२ अमेरिकी डलरमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्य बढेका कारण स्थानीय बजारमा पनि यसको प्रत्यक्ष प्रभाव देखिएको व्यवसायीहरूको भनाइ छ।