सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा भयाे काराेबार ?
काठमाडौँ, २१ असार । सुनचाँदीको मूल्यमा आज आइतबार सामान्य गिरावट आएको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा रु ४०० र चाँदी रु १० ले घटेको हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुुन प्रतितोला रु दुई लाख ९० हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ६०५ कायम भएको छ ।
गत शुक्रबार छापावाल सुुन प्रतितोला रु दुई लाख ९० हजार ७०० र त्यति नै परिमाणको सेतो धातु रु चार हजार ६१५ मा कारोबार भएको थियो । गत बिहीबार छापावाल सुुन प्रतितोला रु दुई लाख ८३ हजार ५०० र त्यति नै परिमाणको चाँदीको रु चार हजार ४५० मा किनबेच भएको थियो ।