सुनचाँदीको मूल्य लगातार तेस्रो दिन पनि घट्याे, तोलामा कतिमा भयाे काराेबार ?

काठमाडौँ, २३ असार । नेपाली बजारमा सुन र चाँदीको मूल्यमा लगातार तेस्रो दिन पनि गिरावट आएको छ। सोमबार तोलामा ९ सय रुपैयाँले घटेको सुनको भाउ मंगलबार पुनः प्रतितोला १ हजार ४ सय रुपैयाँले ओरालो लागेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुन प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार यसको मूल्य प्रतितोला २ लाख ८९ हजार ४ सय रुपैयाँ कायम थियो।

सुनसँगै मंगलबार चाँदीको मूल्य पनि सस्तिएको छ। सोमबार प्रतितोला ४ हजार ५ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार तोलामा ३० रुपैयाँले घटेर ४ हजार ५ सय ५५ रुपैयाँमा किनबेच भइरहेको महासङ्घले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्यमा सामान्य गिरावट आएको छ। मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार १ सय २५ अमेरिकी डलर आसपासमा कारोबार भइरहेको छ।