सुनको मूल्यमा गिरावट, चाँदी पनि घट्यो

काठमाडौँ, २४ असार । स्थानीय बजारमा आज (बुधबार) बहुमूल्य धातु सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबारको तुलनामा सुनको मूल्य तोलामा ९०० रुपैयाँ र चाँदीको मूल्य ५५ रुपैयाँले घटेको हो।

महासङ्घले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु २ लाख ८७ हजार १०० कायम गरिएको छ। मङ्गलबार छापावाल सुन प्रतितोला रु २ लाख ८८ हजारमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्यमा पनि सामान्य गिरावट देखिएको छ। आज चाँदी प्रतितोला रु ४ हजार ५०० मा खरिद–बिक्री भइरहेको छ। मङ्गलबार चाँदीको मूल्य प्रतितोला रु ४ हजार ५५५ रहेको थियो।