सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, ताेलाकाे कतिमा भयाे काराेबार ?
काठमाडौँ, ३१ असार । स्थानीय बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो कारोबार दिन मङ्गलवारको तुलनामा सुनको मूल्य प्रतितोला ८०० रुपैयाँ र चाँदीको मूल्य तोलामा ५५ रुपैयाँले बढेको हो।
महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार बुधबार छापावाल सुन प्रतितोला २ लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। मङ्गलवार यसको मूल्य प्रतितोला २ लाख ८४ हजार रुपैयाँ कायम थियो।
सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। मङ्गलवार प्रतितोला ४ हजार ३६० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार ५५ रुपैयाँले बढेर ४ हजार ४१५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ।