नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

काठमाडौँ, २१ साउन । सरकारले नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक पदमा नागेन्द्र साहलाई नियुक्त गरेको छ। मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले साहलाई निगमको नयाँ कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो।

नवनियुक्त कार्यकारी निर्देशक साह निगमका पूर्वनिमित्त कार्यकारी निर्देशकसमेत हुनुहुन्छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आह्वान गरेको खुला प्रतिस्पर्धात्मक प्रक्रियामार्फत उहाँ सो पदमा छानिनुभएको हो।

यसअघि निगमको कार्यकारी निर्देशकका रूपमा चण्डिका भट्ट कार्यरत रहनुभएको थियो। सरकारले अघिल्लो कार्यकालका नियुक्तिहरू बदर गरेसँगै भट्ट स्वतः पदमुक्त हुनुभएको थियो।

मन्त्रालयका अनुसार कार्यकारी निर्देशक छनोटको अन्तिम चरणमा साहले प्युठानका कौशल केसी र सप्तरीका सञ्जीवकुमार देवलाई व्यावसायिक कार्ययोजना र अन्तर्वार्ताका आधारमा पछि पार्दै सो जिम्मेवारी प्राप्त गर्नुभएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *