मोटरसाइकलले ठक्करबाट पैदलयात्रीको मृत्यु
काठमाडौं, २८ भदौ । मोटरसाइकलले ठक्कर दिँदा एक जना पैदलयात्रीको मृत्यु भएको छ । अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको बनेपामा रहेको उग्रचण्डी पेट्रोल पम्प अगाडि पैदलयात्रीको मृत्यु भएको हो ।
धुलिखेलबाट बनेपातर्फ आउँदै गरेको बा ६५प ४८१३ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा सडक पार गर्दै गरेका बनेपा–७ का ७२ वर्षीय ज्ञानलाल मानन्धरको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
मोटरसाइकलको ठक्करबाट सख्त घाइते मानन्धरको काठमाडौंको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालक महाभारत–६ घर भई हाल बनेपा–४ नालामा डेरा गरी बस्ने २७ वर्षीय रबिन घिसिङ रहेको प्रहरीले जानकारी दिएको छ ।