बौद्धकाे अखण्ड दिप निभेकाे छैन, भ्रामक प्रचारमा नलाग्नु- अध्यक्ष खड्गजीत लामा
दिपेन्द्र श्रेष्ठ, बौद्ध, काठमाडाैं
काठमाडाैं, २९ भदाै । बौद्धकाे गुम्बामा रहेकाे अखण्ड दिप निरन्तर बलिरहेकाे बौद्ध तथा मेलम्ची घ्याङ गुठीले जनाएकाे छ।
गुठीका अध्यक्ष खड्गजीत लामाले पत्रकार सम्मेलनमार्फत उक्त अखण्ड दिपबारे यस्ताे जानकारी गराएका हुन् ।
अध्यक्ष लामाका अनुसार सामाजिक सञ्जालमा आएकाे जस्ताे अखण्ड दिप कहिल्यै ननिभेकाे र उक्त अखण्ड दिप निरन्तर बलिरहेकाे जनाएका छन् । अध्यक्ष लामाले पुरानाे अखण्ड दिप कहिल्यै ननिभेकाे जनाउँदै यस्ताे भ्रामक प्रचारमा लाग्नेहरूले गुम्बामै आएर प्रत्यक्ष अवलाेकन गर्न सकिने जनाएका हुन् ।
बौद्ध तथा मेलम्ची घ्याङ गुठी स्थापना भएपछि केहि मानिसहरूकाे असन्तुष्टीका कारण यस्ताे भ्रामक कुराहरू बाहिर आएकाे हुनसक्ने बौद्ध गुठी व्यवस्थापन समितीले जनाएका छन् । अध्यक्ष लामाले यस्ताे भ्रामक प्रचारका पछि नलाग्न भक्तजन तथा दर्शनार्थीहरूमा आग्रह गर्नुभएकाे छ ।
बौद्ध तथा मेलम्ची घ्याङ गुठीकाे व्यवस्थापन प्रणाली अहिले समिती मार्फत चलिरहेकाे पनि अध्यक्ष लामाले जानकारी दिए।
