संसदीय विशेष समिति गठन गर्ने विषयमा छलफल
काठमाडौँ, १ असोज । रसुवा–भोटेकोशी–त्रिशूली क्षेत्रमा भएको विपद् तथा जलवायु परिवर्तनका सन्दर्भमा संसदीय विशेष समिति गठन गर्ने विषयमा आज संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका संसदीय दलका नेता, उपनेता तथा प्रमुख सचेतकबीच छलफल भइरहेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मुख्य सचेतक कविन्द्र बुर्लाकोटीका अनुसार बुधबार सम्पन्न सर्वदलीय बैठकमा भएको छलफलअनुसार विशेष समिति गठनका लागि प्रारम्भिक छलफल भइरहेको हो।
सिंहदरबारस्थित शिक्षा समितिको हलमा सो छलफल जारी छ। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि संसदीय विशेष समिति गठन गर्ने विषयमा दलहरूबीच आवश्यक परामर्श भइरहेको छ।
