स्वच्छन्द भैरवको खट पुनःनिर्माण

काठमाडौँ,  असोज ५ । येँयाः अर्थात् इन्द्रजात्राका अवसरमा वसन्तपुरस्थित माजु देगः अगाडि प्रदर्शन गरिने श्रीस्वच्छन्द भैरवको खट पुनःनिर्माण गरिएको छ ।

खट जीर्ण हुनुका साथै प्रयोग गरिएका काठ मक्किएर कमजोर बन्दै गएपछि काठमाडौँ महानगरपालिकाले हनुमानढोका दरबार संरक्षण कार्यक्रमअन्तर्गत यसको पुनःनिर्माण गराएको हो । पुनःनिर्माणका क्रममा खटको मौलिक स्वरूप र कलात्मक विशेषतालाई कायम राखिएको छ ।

खट पुनःनिर्माणका लागि तयार गरिएको लागत अनुमानमा  २९ लाख ८३ हजार ५७ रुपियाँ खर्च हुने अनुमान गरिएको थियो । तर, सार्वजनिक खरिद प्रक्रियामार्फत २० लाख १६ हजार रुपियाँमा पुनःनिर्माण सम्पन्न गरिएको खटका डिजाइन आर्किटेक्ट अमित बज्राचार्यले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *