बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु

बागलुङ, ११ असोज । बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख फणीन्द्र प्रसाईंका अनुसार निसीखोला गाउँपालिका–३ की श्यामकुमारी विक र उहाँका तीन छोरा मनोज, मुकेश र निसान विकको पहिरोमा पुरिएर मृत्यु भएको हो।

पहिरोमा पुरिएका चारै जनाको शव निकालिएको प्रहरीले जनाएको छ। केहीबेरअघि तीन जनाको शव निकालिएको र घटनास्थलमा थप उद्धार तथा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *